सभापति देउवा र वरिष्ठ नेता पौडेलवीच भेटवार्ता जारी

सभापति देउवा र वरिष्ठ नेता पौडेलवीच भेटवार्ता जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चर्किएको विवाद सुल्झाउन दुई शीर्ष नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलवीच अहिले छलफल भइरहेको छ ।

रामचन्द्र पौडेल निवास बोहोराटारमा २ नेतावीच भेटवार्ता भइरहेको हो । विहान साँढे १० बजेदेखि शुरु भएको भेटवार्ता अहिले पनि जारी छ । उहाँहरुको भेटबाट काँग्रेसमा भइरहेको विवाद अन्त्यको सकारात्मक पहल हुने विस्वास गरिएको छ ।

शुक्रबार साँझ संस्थापन इतर पक्षका नेताहरुको बैठक चाक्सिबारीस्थित प्रकाशमान सिंहको घरमा चलिरहेकै बेला वरिष्ठ नेता पौडेललाई सभापति देउवाले फोन गरेर शनिवार विहान तपाईंको घरमा कफी खान आउँछु भनेपछि उहाँहरुवीच वार्ताको वातावरण बनेको थियो ।

Skip This
Skip This
Logo