राष्ट्रिय च्याम्पियन नविताको टेबल टेनिस एकेडेमी सञ्चालनमा

राष्ट्रिय च्याम्पियन नविताको टेबल टेनिस एकेडेमी सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आठ पटककी राष्ट्रिय च्याम्पियन टेबल टेनिसकी नविता श्रेष्ठले टेबलटेनिस एकेडेमी सञ्चालनमा ल्याएकी छिन् ।

‘स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी’ नाम दिइएको एकेडेमीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले एकेडेमीको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। टेबल टेनिसबाट खेल जीवन सुरुआत गर्न चाहनेका लागि लक्षित गरि एकेडेमी सञ्चालनमा ल्याइएको एकेडेमीमा प्रतियोगिता समेत खेलाउन सकिने नविताले बताए। देशै भरिबाट सम्भावना बोकेका खेलाडीलाई अवसर दिने लक्ष्य रहेको पनि नविताको भनाइ छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालनमा ल्याउन लागिएको एकेडेमीको कुल लागत ३५ लाख रुपैंयाँ रहेको छ । ६ वटा टेबलटेनिस बोर्ड राखिएको एकेडेमीमा सञ्चालनमा आएसँगै ११ खेलाडी आबद्ध भइसकेका छन् । एकेडेमीको उद्घाटनमा पुगेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारी र निजी क्षेत्रबाट खेलकुदमा लगानी गरेर अगाडि बढेमा खेलकुद क्षेत्रले फड्को मार्ने बताए।

यस्तै संघका अध्यक्ष चतुरानन्द वैद्यले एकडेमीले खेलाडी उत्पादन तथा खेलाडीको अभ्यासका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गरे । नेपालको नम्बर एक महिला खेलाडी नविता लगातार आठपटक राष्ट्रिय च्याम्पियन बन्दै कीर्तिमान बनाउने खेलाडी हुन् ।

Skip This
Skip This
Logo