महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु, ४ घाइते

महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु, ४ घाइते

केन्द्रबिन्दु
0
Shares

धनुषा। धनुषामा गएराती अज्ञात समुहद्वारा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा प्रहरी निरीक्षक सहित ३ जना घाइते भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परि प्रहरी निरीक्षक अमिर दाहाल, स्थानिय ४६ वर्षका राजेश्वर शाह र उनका २४ वर्षका छोरा आनन्द शाहको घटनास्थलमै मृत्यु भएको हो।

राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट हुँदा उक्त घटना भएको धनुषा प्रहरीले जनाएको छ । घटनामा प्रहरी जवान रिजन महतो, मृतक राजेश्वर शाहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्।

Skip This
Skip This
Logo