खेलाडीहरूको अभिनन्दनदेखि हिमपातको सकससम्म (भिडियोसहित)

खेलाडीहरूको अभिनन्दनदेखि हिमपातको सकससम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं  । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये भारतको लोक र राज्यसभा दुबैले नागरिकता विधेयक पारित गरेपछि विरोध चर्किएको छ । प्रदर्शनकारीले रेल स्टेशनेदेखि मुख्यमन्त्रीको घरमा समेत तोडफोड गरेका समाचारले आजको बुलेटिमा प्राथमिकता पाएको छ । यस समाचार बारे थप विस्तृत भिडियोमा उल्लेख छ ।

त्यस्तै घाँस बेचेको पैसाले शौचालय जान्छन् भन्दा पत्यार नलाग्न सक्छ तर यो यथार्थ हो । घाँस बेचेर जिविका चलाउदै आएका नेपालगञ्ज उपमहानगरपालिका–८ को घसियारनका वासिन्दाले घाँस बेचेर आएको पैसाले शौचालय प्रयोग गर्ने गरेका छन् । आज देशभरको मौसममा बदली आएको छ । पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो ह्वात्तै बढेको छ । हिमाली तथा उच्च पहाडी भूभागमा भएको हिमपातले जनजीवन प्रभावित बनाएको छ ।

मौसम चिसिएसँगै जनजीवन प्रभावित भएको छ । तर काठमाडौंमा आज खेलाडीहरुले चिसो मौसमको कुनै पर्वाह नगरी सडकमा नगर परिक्रमा गरेका छन् ।

विस्तृत समाचार हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo