भ्यान र बस ठोक्किँदा आगो लाग्यो, १३ जनाको मृत्यु

भ्यान र बस ठोक्किँदा आगो लाग्यो, १३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाकिस्तान। पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा परी १३ व्यक्तिको मृत्यु भएको छ ।

बलुचिस्तान प्रान्तको झोब जिल्लामा भ्यान र बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।  दुई सवारी साधन ठोक्किँदा आगलागी हुँदा यात्रुहरूकाे मृत्यु भएकाे हाे ।

सो दुर्घटनामा परी १३ जना यात्रुहरूको ज्यान गएको बलुचिस्तान प्रान्तका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । १३ जनाको ज्यान गएको र अरु बाँकी कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा पनि विस्तृत विवरण प्राप्त छैन भने प्रहरीले यस दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Skip This
Skip This
Logo