काठमाडौं । भारतकाे आसामका जनता कर्फ्यु उल्लङ्घन गर्दै सडकमा उत्रिएका छन्। नागरिकता संशोधन विधेयक विरुद्ध प्रदर्शन गर्दै कर्फ्यु उल्लङ्घन गरेका हुन् ।
बुधबारदेखि असमको गुवाहटीमा प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ। क्याबविरुद्ध आक्रोशित जनताले असम साबुवाका विधायक विनोद हजारिका, विधायिका अंगुरलता डेकाको घरमा आगजनी गरेकाे भारतको सिलिगुडीबाट प्रकाशित ‘हिमालय दर्पण’ दैनिकमा उल्लेख छ । असमका मुख्यमन्त्री सोनोवालको डिब्रगडस्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन्।
गुवाहटीका प्रहरी महानिर्देशक भास्करज्योति महन्तको सवारीसाधनमाथि समेत प्रदर्शनकारीले तोडफोड गरेका छन्। शुक्रबार पनि विद्यार्थी, कलाकार, किसान, शिक्षकलगायत विभिन्न क्षेत्रका जनताले विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन्।





























प्रतिक्रिया