टिपर दुर्घटनामा दुई जनाको मृत्यु

टिपर दुर्घटनामा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

हुम्ला, २०७६ मङ्सिर २६  । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्युभएको छ ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताए ।  उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।

Skip This
Skip This
Logo