दोलखामा स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना गम्भीर

दोलखामा स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना गम्भीर

केन्द्रबिन्दु
0
Shares

दोलखाको भीमेश्वरमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

गएराति साढे ९ बजेतिर भीमेश्वर गाउँपालिका २ तिखातल भन्ने स्थानमा जेसीभी आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा दोलखाकै बिगु गाउँपालिका ८ खोपचापुका अन्दाजी २३ वर्षीय राजु थामीको मृत्यु भएको हो ।

यसैगरी दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। दोलखाकै कालिञ्चोक गाउँपालिका ४ चिउरखीखर्कका २२ वर्षीय राजकुमार थामी, बिगु गाउँपालिका ७ अम्बा टोलका २७ वर्षीय विजय श्रेष्ठ र भीमेश्वर गाउँपालिका २ का १६ वर्षीय सुमन थामी गम्भीर घाइते भएका हुन्।

स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि तीनै घाइतेलाई काठमाडौं पठाइएको दोलखा प्रहरीले जानकारी दिएको छ।अहिले उनीहरूको उपचार ग्रान्डी र शिक्षण अस्पतालमा भइरहेको बताइएको छ ।

Logo