नागढुंगामा सुरुङको सर्भे गर्दै ठेकेदार कम्पनी

नागढुंगामा सुरुङको सर्भे गर्दै ठेकेदार कम्पनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २५ ।

नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मा आन्दो जेभीले सुरुङ निर्माण अघि गर्नुपर्ने ‘प्रि–कन्स्ट्रक्सन सर्भे’ गरिरहेको छ । कम्पनीले सुरुङमार्ग निर्माणको तयारी गर्न विस्तृतरूपमा सर्भे थालिएको हो ।

उक्त सर्भे पश्चात निर्माण गर्न शुरूदेखि अन्तिमसम्मको खाका तयार हुने र कसरी अगाडि बढ्ने भन्ने प्रस्ट हुने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजना प्रमुख श्यामप्रसाद खरेलले निर्माण कम्पनीले चाँडै सर्भे सम्पन्न गरेर काममा खटिने बताउनुभयो । कम्पनीले दुई महिनादेखि सर्भेको काम गरिरहेको छ।

आयोजनाले ४२ महिनाभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्न कात्तिक २८ गतेदेखि ठेकेदारले काम गरेको समय शुरू भएको जनाएको छ। उक्त दिनदेखि ठेकेदारले काम गरेको मान्ने आयोजना प्रमुख खरेलले बताउनुभयो।

आयोजनाको सुरुङ निर्माण, सडक, कल्भर्ट, फ्लाई ओभर निर्माण र निर्माणपछि बस्तीमा पर्ने प्रभाव लगायत सूक्ष्म ढंगले अध्ययन गरिरहेको उहाँले बताउनुभयो । आयोजना अन्तर्गत २ दशमलव ७ किलोमिटर सुरुङमार्गमा धादिङ र काठमाडौंतर्फ करिब साढे दुई किलोमिटर पहुँचमार्ग, ७ वटा पुल, ११ वटा कल्भर्ट र २ ओटा फ्लाईओभर ब्रिज बन्न लागेको हो।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo