चार अनुसन्धानकर्ता नबिल विज्ञान प्रविधि पुरस्कारबाट सम्मानित

चार अनुसन्धानकर्ता नबिल विज्ञान प्रविधि पुरस्कारबाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २५ ।

राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा नबिल विज्ञान तथा प्रविधि पुरस्कार ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरियो । सो पुरस्कार माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराजमणि पोखरेलद्वारा नास्टमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गरियोे ।

सम्मानित ४ जना अनुसन्धानकर्ताहरु प्रा. डा. परशुराम मिश्र, प्रा. डा. विद्या श्रेष्ठ, डा. श्याम प्रसाद डुम्रे तथा डा. प्रतिभा पाण्डेलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको हो ।

कार्यक्रम पश्चात पुरस्कृत विज्ञहरुसँगंको भेटमा बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड््यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पु¥्याउनु भएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गर्नुभएकोमा आभार प्रकट गर्नुृ भयो । उक्त पुरस्कारको राशि प्रतिव्यक्ति.१,२५,०००/– रहेको छ ।

नास्टको उक्त समारोहमा जम्मा २६ अनुसन्धानकर्ताहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतिहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार मानिन्छ ।

Logo