समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ – मुख्यमन्त्री पौडेल

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ – मुख्यमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताएका छन् ।

नेकपा मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको मोर्चा सङ्गठनहरुको वृहत भेलालाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको आलोकमा पुनः राष्ट्रियता, जनजीविका, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको अभियानलाई नयाँ उचाइका साथ अगाडि बढाइने उल्लेख गरे।

उनले गत निर्वाचनमा जनताले व्यापक जनसमर्थनसहित कम्युनिष्ट पार्टीलाई शासन सत्ताको नेतृत्व सुम्पिएको उल्लेख गर्दै सरकारले जनचाहना अनुरुप नै रेलदेखि पाइलाइनबाट तेल ल्याउनेसम्मको काम गरेको बताए ।

यस्तै उनले कालापानी लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता ल्याउने, सगरमाथाको उचाइ मापन गर्ने, व्यक्तिले हडपेका सार्वजनिक जमीन फिर्ता ल्याउनेदेखि देशलाई सुरुङ मार्गको युगमा प्रवेश गराउने, भत्किएको धरहरा ठड्याएर नेपाली स्वाभिमान उठाउने, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणदेखि ठूला विकास आयोजनाको द्रुततर विकास, गाउँगाउँमा सडक, यातायात, प्राविधिक शिक्षालयको व्यवस्था, आधारभूत अस्पतालको व्यवस्थालगायत समृद्धिका लागि भएका प्रयास भुल्न नहुनेमा जोड दिए।

युवा सङ्घका संहसंयोजक रमेश पौडेलले नेकपाभित्र आधिकारिकताको बहस आवश्यक नरहेको बताए । नेकपाका अर्का केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले ओली नेतृत्वको नेकपा नै आधिकारिक रहेको भन्दै पछिल्लो समयमा केही व्यक्ति मूल प्रवाहबाट भाग्न खोजेकाले मूलधार मै फर्कन आह्वान गरे ।

केन्द्रीय सदस्य अनन्त पौडेलले सरकारका राष्ट्रवादी कामका कारण प्रधानमन्त्रीले चौतर्फी घेराबन्धीको सामना गर्नुपरेको जिकिर गरे । नेकपा केन्द्रीय सदस्य रामेश्वर राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, युवा सङ्घका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सन्तोष चौलागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Skip This
Skip This
Logo