नेपालमा आज ५३४ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ५३४ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ जना पुगेको छ । आज ५३४ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या दुई लाख ५२ हजार ३५९ पुगेको छ । आज निको हुनेको संख्या ४४७ रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ भने ३६२ जना क्वारेन्टिनमा छन् ।

आजको पिसिआर परीक्षण ६ हजार रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १९ लाख ३२ हजार ४७७ जनाको पीसीआर परीक्षण गरिएको ।

यससँगै काठमाडौं उपत्यकामा मात्रै २४७ जना कोरोना संक्रमित थपिएका छन् ।

Skip This
Skip This
Logo