रुसलाई सबै खेलकुदमा चार वर्षे प्रतिबन्ध

रुसलाई सबै खेलकुदमा चार वर्षे प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

रुसलाई सबै खेलकुदमा चार वर्षे प्रतिबन्ध लागेकाे छ । अन्तर्राष्ट्रिय ओलम्पिक समिति अन्तर्गत रहेकाे (वाडा) ले रूसलाई चार वर्षे प्रतिबन्ध लगाइएको हाे ।

वाडाले  विश्व खेलकुदमा लागुपदार्थको अनुगमनकाे काम गर्छ । खेलाडीले विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) बाट प्रतिबन्धित औषधि वा उपायहरु प्रयोग गर्न मिल्दैन । यदि प्रयोग गरेमा डोपिङ गरेको भनिन्छ ।

अब रुसले टोकियोमा हुने ओलम्पिक २०२०र कतारमा हुने विश्वकप फुटबल २०२२ जस्ता कार्यक्रमहरूमा आफ्नो झण्डा र  राष्ट्रिय गाना बजाउन पाउने छैन ।

वाडाको कार्यकारी समितिले स्विट्जरल्याण्डको लोज्नेमा भएको एक बैठकमा सर्वसम्मतिले निर्णय गरे। रसियाले प्रतिबन्धको बिरूद्ध खेलकूदको लागि मध्यस्थताको अदालत(क्यास) मा अपिल गर्न २१ दिनकाे समय छ । अपिलपछि डोपिङ गरेको प्रमाणित नहुने प्रमाण पेश गरेमा  फुकुवा हुने उल्लेख छ ।

Skip This
Skip This
Logo