काठमाडौं । नेपालमा बहुउपयोगी अनलाइन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ । विजनेश ग्रोथ कम्पनीद्वरा सञ्चालित बहुउपयोगी सूपर एपमा राइड शेयरिङदेखि अनलाएन सपिङसम्मको सुविधा रहेको कम्पनी जनाएको छ ।
हाल राइड शेयरिङ मात्र सञ्चालन गरेको कम्पनीले केही समयपछि सबै सुविधा थपिने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । पछिल्लो समय लोकप्रिय भएको राइड सेयरिङ सेवालाई यस एपले विना इन्टरनेट वा एसएमएस गरेर पनि सेवा लिन सकिन्छ । काठमाडौं उपत्यकामा मात्र नभई देशका अन्य सहरी भागमा पनि सेवा प्रदान गर्ने मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । कम्पनीले आफ्नो आम्दानीको केही प्रतिशत समाजसेवामा खर्च गर्ने जनाएको छ ।
रोजगारी गुमाएका युवाका लागि राइड शेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरूले रोजगार पाउनुका साथै सेवाग्राहीहरूले सस्तो, विश्वसनीय सेवा पाउने छन् भने समयको बचत हुने कम्पनीका सिइओ विशाल जिसीले जनाए । एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनीमा दक्ष अनुभवि सात जना व्यवस्थापक र प्राविधिक कार्यरत रहेका छन् ।
सुपर एपको हाल प्रयोगकर्ता बढिरहेका छन् । राइडर र ग्राहकमाझ सुपर एप लोकप्रिय हुने अपेक्षा गरिएकाे छ ।
सुपर एप डाउनलोड गरी मोबाइल नम्बरसहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरूले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए । साथै ग्राहकले पनि सुपर एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् । राइडर ले सुपर पार्टनर र ग्राहकले सुपर एप डाउनलोड गर्नु पर्नेहुन्छ ।
‘हाम्रो शूल्क बजारमा रहेका अरु भन्दा सस्तो हुन्छ,’ उनले भने, ‘त्यसमाथि राइडरबाट समेत अरुलेभन्दा थोरै कमिसन लिन्छौं ।’





























प्रतिक्रिया