पत्रकारलाई यातना दिएकोप्रति भत्र्सना

पत्रकारलाई यातना दिएकोप्रति भत्र्सना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

पत्रकार राजेन्द्रप्रसाद अधिकारीलाई समाचार लेखेकै कारण मानसिक तथा शारीरिक यातना दिने अभिप्रायले निगरानी गरिएको भन्दै नेपाल पत्रकार महासङ्घले भत्र्सना गरेको छ ।

महासङ्घले शनिबार प्रेस विज्ञप्ति जारी गरी महासङ्घ कास्की शाखाका सदस्य तथा न्यूज २४ टेलिभिजनका पोखरा संवाददाता अधिकारीलाई समाचार लेखेको विषयमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले मानसिक तथा शारीरिक यातना दिने अभिप्रायले सादा पोशाकका प्रहरी खटाइ निगरानी गरेको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घ प्रहरीबाट भएको त्यस्तो कार्यको भत्र्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षितरुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।

Skip This
Skip This
Logo