काठमाडौं,
प्रहरी प्रधान कार्यालयले २७ डीएसपी र ८ एसपीको सरुवा गरेको छ । कार्यालयका अनुसार कानुन शाखामा कार्यरत एसपी जनार्दन जिसिलाई स्याङजा सरुवा गरिएको छ । स्याङ्जामा कार्यरत एसपी राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय जगेडा पुल नक्साल पठाइएको छ ।
सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रधान कार्यालय कानुन शाखामा सरुवा गरिएको छ । उपत्यकाका तीन वृत्तका डीएसपी र केही जिल्लाका इन्चार्जहरूको पनि सरूवा भएको छ । यस्तै ओखलढुंगा, दोलखा र बाजुरासहित केही युनिटको नेतृत्व र नयाँ कमाण्ड हेरफेर गरिएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटमा घनश्याम श्रेष्ठको काज सरुवा भएको छ । सातदोबाटोमा मित्रबन्धु शर्मा र बालाजुमा डीएसपी रन्जितसिंह राठौरको सरुवा गरिएको छ । बालाजुका डीएसपी बालनरसिंह राणालाई साइबर ब्युरोको जिम्मा दिइएको छ ।































प्रतिक्रिया