प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रले खेलेको भूमिकाको चर्चा गर्दै प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्ने बताउनु भएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ लिमिटेडको शुक्रबार सम्पन्न आठौँ स्थापना दिवस र सातौँ वार्षिक साधारणसभामा उहाँले भन्नुभयो, “तपाईंहरुले दुःख आन्दोलन गरेर प्राप्त गरेको उपलब्धिलाई जोगाउन सबै सहकारीकर्मी एकजुट हुनुको विकल्प छैन, त्यसैले नियम अनुसार अघि बढ्नुस् ।”

अन्तर सहकारी भुक्तानी प्रणालीको शुरुआत गर्न आग्रह गर्दै मन्त्री अर्यालले त्यसो भए मात्र सहकारी संस्थाको थप विकास हुने बताउनुभयो । राम्रो कारोवार गर्ने सहकारीको वार्षिक विवरण सार्वजनिक गर्नुुपर्ने धारणा राख्दै उहाँले सबै सदस्यलाई आकर्षण गर्न कूल पूँजीको निश्चित रकम कोषमा राख्नुपर्ने बताउनुभयो । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीले २५ अर्बभन्दा बढीको पूँजी परिचालन भएको बहुउद्देश्यीय सहकारी सङ्घसंस्थाको दीर्घकालीन विकास गर्न संस्थागत सुशासन अपरिहार्य रहेको बताउँदै त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढेको जानकारी गराउनुभयो ।

देशभरका चार हजार ३७१ बहुउद्देश्यीय सहकारी संस्थामध्ये केन्द्रीय सङ्घ अन्तर्गत १२ सङ्घसहित ३३४ सङ्घसंस्था सङ्घमा आबद्ध छन् । सङ्घ अन्तर्गत करीब ४५ हजारलाई रोजगारी दिइएको सङ्घको भनाइ छ । अध्यक्ष भण्डारीले दुई करोड रुपैयाँ चुक्ता पूँजी रहेको सङ्घको करीब ५० करोड सम्पत्ति, ४७ करोड निक्षेप, १७ करोड लगानी रहेको जानकारी गराउँदै चालू आवबाट सङ्घ नाफामा गएको जानकारी गराउनुभयो ।

Skip This
Skip This
Logo