शनिबार विहानैदेखि काठमाडौंका सडकमा सवारी साधन चलाउन नमिल्ने !

शनिबार विहानैदेखि काठमाडौंका सडकमा सवारी साधन चलाउन नमिल्ने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  १३ ‌औ‍ं दक्षिण एशियाली खेलकूदअन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले सवारी साधन नचलाई   ट्राफिक व्यवस्थापनमा सहयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ  । महाशाखाले शनिबार बिहान ७:०० देखि ११:०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी नचलाउन  सूचना जारी गर्दै अनुरोध गरेकाे हाे ।

म्याराथन दौड शनिबार बिहान ७: ०० बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।

यस्तै शनिबार बिहान ११:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गरेका छन् ।

Skip This
Skip This
Logo