पाकिस्तानबाट ६ सय महिलालाई चिनियाँ पुरुषसँग बिहे गराउँदै तस्करी

पाकिस्तानबाट ६ सय महिलालाई चिनियाँ पुरुषसँग बिहे गराउँदै तस्करी

केन्द्रबिन्दु
0
Shares

इस्लामाबाद,

पाकिस्तानबाट ६ सय भन्दा धेरै मुस्लिम महिला तथा युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन गरेको खुलासा भएको छ । दुई वर्षको अवधिमा विपन्न वर्गका ६ सय २९ जना महिलालाई यसरी बेचबिखन गरिएको खुलासा भएको हो ।

एसोसिएटेड प्रेसले यस्तो कुरा सार्वजनिक गरेको छ । पाकिस्तानी अनुसन्धाताहरुले गरेको अनुसन्धानका आधारमा तस्करहरुको सञ्जालले पाकिस्तानी विपन्न र कमजोर समुदायका महिलामाथि शोषण गरेको बताइएको छ ।

२०१८ यता पक्राउ परेका महिलाहरुका आधारमा उक्त तथ्यांक सार्वजनिक भएको हो । सोही विषयलाई लिएर तस्करविरुद्ध फैसलाबादस्थित अदालतमा सबैभन्दा दायर भएको मुद्दालाई अहिलेसम्मकै ठूलो बेचबिखन मुद्दा ठानिएको छ ।
एजेन्सी

Logo