प्रदेश नं १ : सवा एक अर्बका चार योजना सार्वजनिक

प्रदेश नं १ : सवा एक अर्बका चार योजना सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

सुनसरी ।

प्रदेशको आर्थिक समृद्ध कायम गर्न सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत एक अर्ब २३ करोड ६४ लाखका चार योजना सार्वजनिक गरेको छ ।

‘दुहबी नगरपालिकाको विकासको आधार कृषि, उद्योग, प्रविधि, खेलकूद र व्यापार नारासहित पर्यटन क्षेत्र विकास’ नाराका साथ विहिबार सरोकार पक्षबीच दुहबी र पर्यटन विकास विषयमा आयोजित छलफल कार्यक्रममा उक्त योजना सार्वजनिक गरिएको हो ।

नगरपालिकाले विस्तृत अध्ययन योजना तयार गरिसकेको ती योजनामा दुहबी–७ मा ९३ करोड ३१ लाखको लागतमा निर्माण गरिने गोल्डेन वाटर पार्क, वडा नं ११ तनमुनामा सात करोड लागतमा निर्माण गरिने नगरप्रमुख आवास योजना, वडा नं ४ मा २० करोड ९६ लाखको लागतमा निर्माण गरिने रङ्गशाला र वडा नं ४ मा १२ करोड ३७ लाखको लागतमा निर्माण गरिने हाटबजार छन् ।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन पूर्वाधार निर्माणले यस क्षेत्रमा छिमेकी देशका पर्यटकको आवागमन वृद्धिबाट समृद्धि कायम हुने बताउँदै शहरी विकास र पर्यटन क्षेत्रका लागि दशवर्षे गुरुयोजना चाँडै सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँले विकासमा बाह्य र निजी क्षेत्रको सहभागिता लागि छनोट गरिएका २६ योजना अर्थ मन्त्रालयमा पठाइएको पनि बताउनुभयो ।

Skip This
Skip This
Logo