१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालको स्वर्णपदक संख्या २७ पुगेको छ ।
आज साइक्लिङमा स्वर्ण जितेसँगै स्वर्ण पदकको संख्या २७ पुगेको हो । कराँते कुमुतेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन् ।उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुन् । त्यसअघि अनुपमाले श्रीलंकाकी विजेकुन माथिमोहमदमाथि ७–४ को जितका साथ अन्तिम दुईको यात्रा तय गरेकी थिइन् । कराँतेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ ।
यस्तै साइक्लिङको डाउनहिल तर्फ भएका महिला तथा पुरुष दुवै स्पर्धामा नेपाल विजयी भएको छ । महिलातर्फ निष्मा श्रेष्ठ स्वर्ण र जमुना थापा रजत पदक जित्न सफल भएका छन् । पुरुषतर्फ राजेश मगर स्वर्ण र निरज श्रेष्ठले रजत पदक हात पारे । दुवै खेलाडीले एक मिलोमिटरको दूरी क्रमश एक मिनेट ४९ सेकेण्ड र एक मिनेट ५० सेकेण्डमा दुरी पारे गरेका छन् ।
त्यसैगरी उसुको थाउलोतर्फ दिपक अधिकारीले स्वर्ण पदक हात पारेका छन् ।































प्रतिक्रिया