अन्तर्राष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुखमा पहिलो पटक नेपाली

अन्तर्राष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुखमा पहिलो पटक नेपाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ (आइएफआरसी) को महासचिव पदमा जगन चापागाईं छानिनु भएको छ । उहाँले १ फेब्रुअरी २०२० देखि आफ्नो चार वर्षको कार्यकाल शुरुआत गर्नुहुनेछ ।

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील इन्जिनीयर चापागाईं सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । देशीय रेडक्रसको विश्व छाता सङ्गठनलाई आइएफआरसी भनिन्छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९० देशका रेडक्रस सोसाइटी सो महासङ्घमा आबद्ध रहेका छन् ।

आइएफआरसीको मङ्गलबार बसेको गभर्निङ बोर्डको विशेष बैठकबाट चापागाईं सो पदमा छानिनु भएको आइएफआरसीले मङ्गलबार जनाएको छ । उहाँले यसअघि आइएफआरसीका एशिया प्यासिफिक क्षेत्रीय निर्देशक लगायत विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो । आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काले चापागाईं महासचिव पदमा छानिनुभएको बैठकमा जानकारी दिनुभएको थियो । यसअघि सो पदमा इलाड सई कार्यरत हुनुहुन्थ्यो ।

विशेषगरी विसं २०७२ वैशाखमा नेपालका गएको भूकम्प, गत वर्ष तराई/मधेशको डुबान प्रभावितलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहयोग जुटाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

 

Skip This
Skip This
Logo