काठमाडौं ।
गायिका इन्दिरा जोशी, नेपाली गीतसंगित क्षेत्रमा कुनै नौलो नाम होइन । पछिल्ला दिनहरुमा उनको परिचय गायिकाको रुपमा मात्र सिमित रहेन । उनी नेपाल आइडलकी निर्णायक पनि हुन् ।
नेपाली सांगितिक क्षेत्रमा उनको नाम यति महत्वपूर्ण छ कि यदि उनको नाम यस क्षेत्रबाट झिक्ने हो भने पुरै क्षेत्र नै अपूरो हुन्छ भन्दा फरक पर्दैन । समसामयिक र पछिल्लो पुस्ताले खोजेका गीतहरु पस्कन उनी खप्पिस छिन् । कुनै समय उनको उध्रेको चोली सबैको मन मुटुमा बसेको गीत हो ।
उनका अधिकांश गीतहरुले सधैं नै सांगितिक स्टेजहरु तातिरहेका हुन्छन् । गायिका जोशी यसपटक केन्द्रबिन्दुमा पाहुना भएर आएकी छिन् । केन्द्रबिन्दुले उनीसँग देशको पछिल्लो अवस्था, कोरोनाले सांगितिक क्षेत्रमा पारेको प्रभाव लगायत विषयमा केन्द्रीत रहेर रमाइलो कुराकानी गरेको छ । हेरौं यो भिडियोमा :































प्रतिक्रिया