केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा कुनै पनि हालतले पुनःस्थापना नहुने प्रधानमन्त्रीको दाबी (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा कुनै पनि हालतले पुनःस्थापना नहुने प्रधानमन्त्रीको दाबी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अनुसार नै संसद विघटन गरेकाले अब पुनःस्थापना हुन नसक्ने बताएका छन् । बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको प्रादेशिक भेलालाई सम्बोधन गर्दै ओलीले पुष्पकमल दाहालले प्रचण्डले सत्ता मात्रै खोजेको र वरिष्ठ नेता माधवकुमार नेपालले जहिल्यै सम्मान मात्रै खोजेको र मुलुकको हित कहिल्यै नदेखेको आरोप समेत लगाएका छन् ।

यूकेले कारोना भाइरसविरुद्धको अर्को खोप पनि प्रयोगका लागि अनुमति दिएको छ । उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने दावी गरिएको छ । जसका कारण यूके सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको विविसीले जनाएको छ ।

कोभिडका कारण रोकिएको खेलकुद गतिविधि छिट फुट बाहेक अझै चल्न सकेको छैन । खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सामान्य हिसाबमा सञ्चालन भइरहेका छन् । खेलाडी देखी खेलसँग आबद्ध पदाधिकारीले खेल निर्वाध रुपमा फर्काउन आवाज उठाइरहेका छन् ।

नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका छन् ।

देशको पछिल्ला राजनीतिक घटनाक्रमले जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी र निरंकुशतावादीहरू सल्बलाएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्राप्त उपलब्धी नै गुम्ने खतरा पैदा भएको आशंका व्यक्त गरेका छन् । यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको आरोप लगाएका छन् ।

Logo