तेह्रौ‌ं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले आज अहिलेसम्म थप ४ स्वर्ण पदक जित्दै जम्मा संख्या १९ पुर्‍याएको छ। "/>

१३ औं साग : नेपालको स्वर्ण पदकमा उकालो जारी, संख्या १९ पुग्यो

१३ औं साग : नेपालको स्वर्ण पदकमा उकालो जारी, संख्या १९ पुग्यो

केन्द्रबिन्दु
0
Shares

तेह्रौ‌ं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले आज अहिलेसम्म थप ४ स्वर्ण पदक जित्दै जम्मा संख्या १९ पुर्‍याएको छ। सोमबार नेपालले कराते र  तेक्वान्दो तर्फ समान ७ – ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो।
मंगलबार नेपालले उसुमा २ तथा कराँते र दुआथलनमा १-१ गरी जम्मा ४ स्वर्ण थपेको हो । नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो। महिलातर्फ सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषतर्फ विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।

त्यस्तै नेपालका लागि नवीन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जिते भने पोखरामा सम्पन्न दुआथलनमा हिमाल टमाटाले स्वर्ण जिते ।

Skip This
Skip This
Logo