फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

तनहुँ,

सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल छन् ।

०७३ कात्तिक १७ गते पृथ्वीराजमार्गस्थित म्याग्दे–३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट ०७४ मङ्सिर १२ गतेको फैसलाबाट दोषी ठहर भएका भुजेललाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

भुजेलले चलाएको ना ४ ख ४०१८ नं. को बसको ठक्करबाट ग ४ प ८८६६ नं. को स्कुटरमा सवार व्यास नगरपालिका–११ बस्ने २९ वर्षीय ममता दुलालको मृत्यु भएको थियो । दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने २५ वर्षीय भीम दुलाल घाइते भएका थिए । घटनालगत्तै भुजेल फरार थिए । जिल्ला अदालतले भुजेललाई एक वर्ष ११ महिना आठ दिनको कैद ठहर गरेको थियो । दोषी भुजेललाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo