फटाफट अनलाइन सेवा संचालनमा, १० प्रतिशत कर फिर्तासँगै छुट माथि छुट अफर

फटाफट अनलाइन सेवा संचालनमा, १० प्रतिशत कर फिर्तासँगै छुट माथि छुट अफर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
जे चाहिन्छ फटाफट पाइन्छ भन्ने नारा सहित फटाफट अनलाइन सेवा संचालनमा आउने भएको छ । कोरोना कहरका बिच संक्रमण जोखिमलाई ध्यानमा राख्दै फटाफट सेवा डटकमले अनलाइन सेवा सुरुवात गरेको हो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बजार उपस्थिती जनाएको फटाफट सेवाले छुट माथि छुट अफर समेत ल्याएको छ ।

‘जेन्युन’ मोबाइलका अतिरिक्त विभिन्न प्रकारका एक्सेसरिज, ग्याजेट तथा इलोक्ट्रोनिक सामानहरु अनलाइन मार्फत खरिद गर्न चाहनेहरुका लागि विभिन्न योजना सहित सेवा सुरु गरिएको फटाफट सेवाले जनाएको छ ।

फटाफट सेवा प्रालिले सञ्चालन गरेको इकमर्श प्लेटफर्ममा पुराना मोबाइल ल्याएर नयाँ मोबाइल साट्न सकिन्छ भने शुन्य प्रतिशत व्याजदर र डाउन पेमेन्टमा हरेक किसिमका विद्युतीय उपकरणहरु खरिद गर्न सकिन्छ ।

फटाफट सेवा प्रालिका अध्यक्ष जीवन श्रेष्ठका अनुसार अंग्रेजी नयाँ वर्षमा सेवा सुरु गरेको अवसरमा ग्राहकलाई सरल किसिमले किस्ताबन्दीमा सामान उपलब्ध गराउनुका साथै हरेक मोबाइलको बीमा सेवा सुरु गरिएको हो । अजोड इन्स्योरेन्ससँगको मोबाइल बीमा सम्झौता अनुसार फटाफट सेवाबाट खरिद गरिने हरेक मोबाइलको बीमा गरिने श्रेष्टले जानकारी दिए ।

मोबाइल हराएको खण्डमा, डिस्प्ले फुटेको खण्डमा वा चोरी भएको खण्डमा सो वापतको क्षतीपुर्ती भुक्तान हुने अजोड इन्स्योरेन्सले जनाएको छ ।
छुटै छुट अफर अन्तरगत फटाफट सेवाबाट कुनै पनि सामान खरिद गर्दा १० प्रतिशत ‘ट्याक्स रिफण्ड’ को व्यवस्था गरिएको छ । यस्तो प्रकारको सुविधा नेपालमै पहिलो पटक प्रदान गर्न लागिएको फटाफट सेवाको दाबी छ ।

त्यसै गरी अनलाइन पेमेन्ट गर्नेहरुलाई १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको फटाफट सेवाले विभिन्न भुक्तानी सेवा प्रदायकहरुसँग सम्झौता गरे भुक्तानी सेवा सुचारु गरेको छ । फटाफट सेवाबाट खरिद गरेका सामाग्रीहरुको भुक्तानी ईसेवा, सेल पे, फोन पे, खल्ती तथा आईएमई पे मार्फत भुक्तानी गर्न सकिने र उल्लेखित माध्यमबाट भुक्तानी गर्नेहरुलाई मात्र १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो ।
यसका अलावा फटाफट सेवाले मोटरसाइकल तथा स्कूटर खरिद गर्नेहरुलाई १० हजार रुपैयाँदेखि ३९ हजार ९९९ रुपैयाँसम्म नगद छुटको व्यवस्था समेत गरेको छ ।
त्यस्तै फटाफट सेवा मार्फत मोबाइल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको दुर्घटना उपचार खर्च समेत पाउने व्यवस्था गरिएको छ । यसका साथै ‘हट अफर’ अन्तरगत ९० प्रतिशतसम्मको छुटमा सामान खरिद गर्न सकिनेछ ।

ग्राहकहरुले फटाफट सेवा डटकममा ‘एकाउण्ट’ खोल्दा ५०० रिवार्ड प्वाइन्टका साथै अरुलाई ‘रिफर’ गरेमा ५० रिवार्ड प्वाइन्ट प्राप्त गर्न सक्नेछन । यसरी प्राप्त हुने रिवार्ड प्वाइन्टलाई फटाफट सेवाबाट सामान किन्दा एक रिवार्ड प्वाइन्ट बराबर एक रुपैंयाको दरले छुटको रुपमा प्रयोग गर्न सकिन्छ । विभिन्न समयमा सञ्चालन हुने अफरमा यस्तो रिवार्ड प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिन्छ ।

 

Skip This
Skip This
Logo