बोलपत्र केरमेट गरी सच्याएका विरुद्ध आरोपत्र दायर

बोलपत्र केरमेट गरी सच्याएका विरुद्ध आरोपत्र दायर

केन्द्रबिन्दु
0
Shares

जनकपुर,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्काको बोलपत्र केरमेट गरी सच्याइ सरकारलाई गैरकानूनी हानी नोक्सानी गराएको आरोपमा डिभिजन सडक कार्यालय जनकपुरका डिभिजन प्रमुख दिनेश अर्याल लगायत चार जनाविरुद्ध सोमबारविशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरी डिभिजन सडक कार्यालय जनकपुरका तत्कालीन सिडिई अर्यालसहित लेखा अधिकृत जीवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साह विरुद्ध आरोपपत्र दायर गरेको हो ।

ठेक्काको बोलपत्र मूल्याङ्कन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले पेश गरेको बोलपत्रको ‘बिओक्यू’को बुँदा नं २.३ र २.६ को दररेट अङ्क र अक्षरमा सच्याई १९ लाख ५० हजार ४४० थपी सम्झौता गरेको आयोगको आरोप छ ।

Skip This
Skip This
Logo