सुनसरी,
जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुयायी बलात्कारको आरोपमा रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सोमबार प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले अनुयायी बलात्कारको आरोप लागेका रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सिद्धबाबालाई प्रहरीले सोमबार नै सुनसरी जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ । सोमबार बिहान विराट नर्सिङ अस्पताल विराटनगरबाट पक्राउ गरिएका कृष्णदासलाई प्रहरीले म्याद थपका लागि हिजै जिल्ला अदालत सुनसरीमा हाजिर गरेको थियो ।
आइतबार नै प्रहरीले कृष्णदासलाई पक्राउ गर्ने तयारी गरेकामा सघन उपचार कक्ष (आइसीयू) मा भर्ना भएकाले पक्राउ गर्न सकेको थिएन । कृष्णदासको स्वास्थ्य अवस्था सामान्य भएपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । सिद्धबाबा कृष्णदासले गत कात्तिक ४ गते एक अनुयायीलाई बलात्कार गरेको आरोप लागेको थियो । उहाँको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया