नेपाली कराते खेलाडी चञ्चला दनुवारले १३ औँ दक्षिण एशियाली खेलकुदमा पहिलो पदक दिलाएकी छिन् । सातदोबाटोमा रहेको कराते हलमा भएको प्रतियोगितामा चञ्चलाले सिनियर महिलामा रजत पदक जितेकी हुन् । उनी फाइनलमा पाकिस्तानकी खेलाडीसँग पराजित भइन् ।
पाकिस्तानकी खेलाडी साहिदाले २५.२८ अंक ल्याउँदै स्वर्ण पदक जितिन् । चञ्चलाले २४.६२ अंक पाइन् ।
१३औँ सागमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण पदक जितेका छन्। उनले करातेको व्यक्तिगत पुरुष एकल कातामा स्वर्ण जितेका हुन्।





























प्रतिक्रिया