प्रेमसागरले गरे १ सय ६० पटक रक्तदान

प्रेमसागरले गरे १ सय ६० पटक रक्तदान

केन्द्रबिन्दु
0
Shares

लमजुङ्ग,

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ६० औँ पटक रक्तदान गर्नुभएको छ ।

स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आइतबार लमजुङ्ग जिल्ला सामुदायिक अस्पताल बेसिशहर लमजुङ्गमा नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङ्ग जिल्ला शाखाको बिशेष आयोजनामा आयोजित रक्तदान कार्यक्रममा १ सय ६० औँ पटक रक्तदान गर्नुभएको हो ।

सो कार्यक्रममा अस्पतालका मेसु डा. दया पन्त, खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष कृष्ण प्रधान, लमजुङ्ग जिल्ला सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठ, मर्स्याङ्गदी बहुमुखी क्याम्पसका प्राध्यापक जनक बस्नेत, डा. सबिन यादव, डा. शरण लिम्बू लगायत सहभागी हुनु भएको थियो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo