दाङ । प्रेस सङ्गठन दाङको एकता प्रक्रिया टुङ्गोमा पुगेको छ । आज बसेको प्रेस सङ्गठन दाङको कार्यदल बैठकले दुवै पूर्वघटकहरु मिलाएर ३९ सदस्यीय कार्यसमिति बनाइएको छ ।
सङ्गठनमा पूर्वप्रेस चौतारीबाट २१ र पूर्वप्रेस सङ्गठनबाट १८ गरी ३९ सदस्यीय कार्यसमिति बनेको हो । प्रेस सङ्गठनको संयोजकमा प्रकाश चौधरी र सहसंयोजकमा जेएन सागर रहेका छन् । सङ्गठनको कार्यसमितिमा पाण्डव शर्मा, प्रेमबहादुर राम्जा, इन्द्रविवश डिसी, सन्तोष अधिकारी, दिवाकर पोखरेल, दशरथ घिमिरे, जनक नेपाली, केशरमान बिसी, सुधासुमन ढकाल, नवीन अभिलाषी, जीवन नेपाली, दामोदर बस्नेत ‘राकेश’, उदय बिसी, युगराज पोखरेल, दीपक बोहोरा, गिरिराज नेपाली, राजेश चौधरी र शान्त बुढामगर छन् ।
यसैगरी शिवराज पन्थी, रमा पोखरेल, वसन्त परियार, नगेन्द्र चौधरी, बालकृष्ण पाण्डे, दिप्तीशिखा चौधरी, माधव कँडेल, शिव घर्ती, किरण गौतम, सन्तोष डाँगी, आभाष बुढाथोकी, विकास डाँगी, भागबत भट्टराई, सविता सुनार, अमृता भुसाल, शिवु खनाल, सुमन केसी, लक्ष्मण विश्वकर्मा र शैलेष अधिकारी पनि कार्यसमितिमा रहेका छन् । रासस































प्रतिक्रिया