साबुनका धेरै डल्ला खर्च भए तर, प्रचण्डलाई सुधार्न सकिएन : केपी ओली

साबुनका धेरै डल्ला खर्च भए तर, प्रचण्डलाई सुधार्न सकिएन : केपी ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सुधार गर्न खोज्दा पनि नसकेको बताएका छन् । ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्का समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका हुन् ।

प्रचण्डको ध्यान कसरी सत्ता कब्जा गर्ने कसरी हत्याउने मात्र हुने गरेको आरोप लगाए । उनलाई सुधार्न प्रयास गरे पनि नसकेको उनले बताए-‘कति स्याम्पु सकियो। ट्यांकीका ट्यांकी पानी सकियो । साबुन लगायो, पखाल्यो जस्ताको त्यस्तै,अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताएका हुन् ।

 

Logo