रामेछापको उमाकुण्डमा नेकपा बिजयी

रामेछापको उमाकुण्डमा नेकपा बिजयी

केन्द्रबिन्दु
0
Shares

रामेछाप,
रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं –५  मा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा ७ सय ६९ मत ल्याउँदै नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत बिजयी हुनुभएको छ ।

त्यस्तै उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार साबित्री सुनुवारले ३ सय ८० मत ल्याउनु भएको छ । समाजबादी पार्टीका उम्मेदवार राजकुमार सुनुवारले १० मत र राप्रपा संयुक्तका उम्मेदवार हर्क बहादुर तामाङले ७ मत ल्याएका छन् ।

१ हजार ७ सय ४८ मतदाता रहेको वडामा १ हजार १ सय ७२ मत खसेको थियो । यस अघि भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट कुवेर खत्री वडा अध्यक्षमा विजयी हुनुभएको थियो ।

Skip This
Skip This
Logo