उपनिर्वाचन ०७६ : भक्तपुरमा काँग्रेसको अग्रता

उपनिर्वाचन ०७६ : भक्तपुरमा काँग्रेसको अग्रता

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,

क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ७ बजेसम्ममा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुई हजार ३१२ मतको अग्रता लिनुभएको छ ।

चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणनामा काँग्रेसका उम्मेदवार भँडेलले नौ हजार ९५ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकालले ६ हजार ७८३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का निरज लवजूले दुई हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले २९४, साझा पार्टीका सुरज प्रधानले २४८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गएराति ११ बजे शुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान १० बजेसम्म आउने गरी मतगणना भइरहेको छ ।

Skip This
Skip This
Logo