सुनसरी,
सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको को १ च १३६४ नं. को एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ना २ ख ९०८२ ट्रक नम्बरको ट्रक एकआपसमा ठोक्किदा एम्बुलेन्समा सवार ६ जनाको मृत्यु भएको हो।
एम्बुलेन्समा अस्पतालबाट ल्याइएको एक शव पनि थियो । एम्बुलेन्समा ६ जना सवार थिए। जसमा ६ जनाकै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए।
मृत्यु हुनेमा शिवमाया राई, ३४ वर्षका दुर्गधन राई, वर्ष २८ का टेकेन्द्र राई, ५० वर्षीय सतलबहादुर राई, ३५ वर्षीय मुकेश राई र ३२ वर्षीय दिनेश राई छन् । ट्रक चालक भने फरार छन्।































प्रतिक्रिया