दाङ,
शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत घोराही उपमहानगरपालिका १६ को मत गणना सकिएको छ । यहाँ वडाअध्यक्षमा नेपाली कांग्रेसका ताराबहादुर डिसी विजयी भएका छन् । उनले नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गरेका हुन् ।
काँग्रेसका ताराबहादुर डिसीले १२१८ मत ल्याएर विजयी हुँदा नेकपाका सुरेश बहादुर केसीले १११७ मत ल्याए । यहाँ स्वतन्त्र उमेद्वार
जगलाल चौधरीले ७२० मत ल्याएका छन् ।
रौतहट,
रौतहटको गढीमाई नगरपालिका २ मा कांग्रेसका उम्मेद्वार दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् । १७५ मत अन्तरले श्रेष्ठ विजयी भएका हुन् । उनले ७७१ मत पाउदा नेकपाका जवार मियाले ५९६ मत पाए ।
त्यसैगरी समाजवादीले १२२, राजपाले १६, जनमत पार्टीले १२ र राप्रपाका उम्मेद्वारले ४ मत पाएका छन् । यहाँ बदर २८ भएको छ ।































प्रतिक्रिया