उपनिर्वाचन ०७६ : पोखरामा एकसय पचास गाडी नियन्त्रणमा

उपनिर्वाचन ०७६ : पोखरामा एकसय पचास गाडी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

कास्की,

कास्की क्षेत्र नं–२ मा जारी उपनिर्वाचनको क्रममा जिल्ला प्रशासनबाट अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी सवारी साधनलाई आज जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको छ ।

अनुमति नलिएका गाडी समातिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएका गाडीमध्ये अधिकांश मोटरसाइकल रहेको बताइएको छ ।

आकस्मिक सेवाका एम्बुलेन्स, दमकल, खानेपानी, विद्युत, खानेपानीका ट्याङ्कर र अत्यावश्यक सेवाका साथै अनुमति लिएका सवारी साधन भने सञ्चालन भइरहेका छन् ।

Skip This
Skip This
Logo