दैलेखको गुराँस गाउँपालिका मंग्रामा हायस माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भे १ ज १०२९ नम्बरको सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको हायस गुराँस गाउँपालिका–४ मंग्रामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार रानीमत्ता प्रहरी चौकीबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिरहेको छ ।
मृतक र घाइतेहरूबारे थप विवरण आउन बाँकी छ ।































प्रतिक्रिया