प्रदेश १ का सबै मन्त्री ऋणमा

प्रदेश १ का सबै मन्त्री ऋणमा

केन्द्रबिन्दु
0
Shares

विराटनगर,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बाहेक सबै मन्त्रीहरू ऋणमा देखिएका छन् । गतवर्ष मन्त्रीहरूको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसपालि सार्वजनिक गरेको छ । गतवर्ष जस्तै यो वर्ष पनि चारै जना मन्त्रीले आफूहरू ऋणमा रहेको देखाएका हुन् ।

प्रदेश सरकारको ढुकुटी सञ्चालन गर्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो २ करोड ७१ लाख ऋणमा छन् । उनले नेपाल इन्भेस्टमेन्ट बैंकबाट २ करोड ५१ लाख र कुमारी बैंकबाट २० लाख रुपैयाँ व्यवसायका लागि ऋण लिएको उल्लेख गरेका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले बैंक अफ काठमाडौंबाट १ करोड १८ लाख ५५ हजार र एक्सल बैंकबाट ४ लाख ३२ हजार गरी १ करोड २२ लाख ८७ हजार रुपैयाँ ऋण लिएको विवरण गत वर्ष पेस गरेका थिए । एक वर्षमा उनले एक्सल बैंकबाट लिएको ४ लाख ३२ हजार रकम ऋण घटाएको उल्लेख गरेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत पनि १८ लाख रुपैयाँ ऋणमा छन् । उनले गत वर्ष ज्योति विकास बैंकमा ६३ लाख र विजेन्द्र श्रेष्ठलाई १० लाख रुपैयाँ ऋण तिर्न बाँकी देखाएका थिए । उनले एक वर्षमा विजेन्द्र श्रेष्ठको १० लाख र ज्योति विकास बैंकको ६३ लाखमध्ये ४५ लाख ऋण चुक्ता भएको विवरण पेस गरेका छन् । त्यस अनुसार उनले एक वर्षमा ५५ लाख रुपैयाँ सम्पत्ति थप गरेको देखिन्छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले गत वर्षझैं यो वर्ष पनि सम्भावी सहकारी बानेश्वरमा ३ लाख रुपैयाँ ऋण रहेको विवरण पेस गरेका छन् । सेयर लगानी र सम्पत्तिका हिसाबले गत वर्ष सबैभन्दा धनी देखिएका सामाजिक विकासमन्त्री घिमिरे यो वर्ष पनि अगाडि देखिएका छन् ।
कान्तिपुरबाट

Skip This
Skip This
Logo