एफडिआईको चार दशक : पाँच खर्ब विदेशी लगानी स्वीकृत

एफडिआईको चार दशक : पाँच खर्ब विदेशी लगानी स्वीकृत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले विदेशी लगानी भित्र्याउन उच्च प्राथमिकता दिएको बताउँदै आए पनि नेपालमा आज सम्ममा पौने पाँच खर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत भएको पाइएको छ। नेपालमा वैदेशिक लगानी आउन थालेको चार दशक भएको छ।

उद्योग विभागका अनुसार अहिलेसम्म चार खर्ब ७० अर्ब ७७ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको छ। ०३८ सालमा विदेशी लगानी तथा प्रविधिसम्बन्धी ऐन २०३८ ल्याएर कानुनी रुपमा एफडिआई ल्याउन सुरु गरिएको थियो । यही करिब चार दशकको अवधिमा पौने पाँच खर्ब रुपैयाँ लगानी स्वीकृत भएको हो।

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाका अनुसार गत असारसम्म चार हजार आठ सय २७ उद्योगका लागि तीन खर्ब ८८ अर्ब २० करोड रुपैयाँ विदेशी लगानी स्वीकृति गरिएको छ। विभागले चालु आर्थिक वर्षको चार महिनामा एक सय चार उद्योगका लागि ८२ अर्ब ५७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। २०३८ देखि ७६ सम्ममा पौने पाँच खर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत भएको देखिन्छ। साना, मझौला, ठूला र लगानी बोर्डले स्वीकृत गरेका उद्योगको समेत समावेश गरिएको सिटौलाले बताए।

विगतको तुलनामा चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा विदेशी लगानीको प्रतिबद्धता बढेको छ। यो वर्ष लगानी बोर्डसमेतबाट एक सय चार परियोजनाका लागि ८२ अर्ब ५७ करोड रुपैयाँको स्वीकृति जारी भएको छ। गतवर्षको सोही अवधिमा ४७ अर्ब १७ करोड रुपैयाँ लगानी प्रतिबद्धता थियो। यो गत वर्ष भन्दा ३५ अर्ब ४० करोड रुपैयाँले बढी हो।
नागरिकबाट

Skip This
Skip This
Logo