काठमाडौं,
सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरेको छ । त्यसै गरी बैंककै बार्षिकोत्सवको अवसर पारेर बैंकले तीन शाखाहरु निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौली शाखा संचालनमा ल्याएको छ ।
दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष ई इच्छा राज तामाङ्गले गर्नु भयो । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि ब्यास नगरपालिका मेयर बैकुण्ठ नाथ न्यौपाने, ब्यास महानगरपालिका उपमेयर मिरा जोशी, सिभिल बैंकका संचालक प्रकाश तायल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
कार्यक्रम सभापति तथा सिभिल बैंकका अध्यक्ष ई इच्छा राज तामाङ्गले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । यस भेगका नागरिकको सेवाको लागि सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उहाँले खुसी ब्यक्त गर्नुभयो । सोही समारोहमा सिभिल बैंकका अध्यक्ष ई इच्छा राज तामाङ्गले प्रमुख अतिथि तथा ब्यास नगरपालिका मेयर बैकुण्ठ नाथ न्यौपानेलाई ५० थान डस्टविन पनि हस्तान्तरण गर्नु भएको थियो ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताउनु भयो ।
निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्त तथा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले संयुक्त रुपमा गर्नुभयो । यस्तै चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्त रुपमा गर्नुभयो ।





























प्रतिक्रिया