उपनिर्वाचन ०७६ः निर्वाचन निष्पक्ष बनाउन नेकपाको प्रशिक्षण

उपनिर्वाचन ०७६ः निर्वाचन निष्पक्ष बनाउन नेकपाको प्रशिक्षण

केन्द्रबिन्दु
0
Shares

डोटी,
आदर्श गाउँपालिका–२ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनमा कार्यकर्ता कसरी परिचालन गर्ने, निर्वाचनका दिन प्रतिनिधि बस्नेदेखि मतगणनासम्ममा निष्पक्षरुपमा कसरी काम गर्ने भन्नेबारेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।

निर्वाचनमा खटिने स्वयंसेवक, प्रतिनिधि, पर्यवेक्षकदेखि मतगणनास्थलमा खटिने लगायत निर्वाचनमा परिचालन हुने कार्यकर्तालाई निष्पक्षरुपमा मतदान सम्पन्न गराउन खेल्ने भूमिकाबारे जानकारी दिन प्रशिक्षण दिइएको नेकपाका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनलाई कसरी निष्पक्ष बनाउने भन्ने विषयमा हामीले प्रशिक्षण दिन शुरु गरेका छौँ ।” प्रशिक्षणमा जिल्ला उपाध्यक्ष, बुथ संयोजक, पार्टी सदस्य, क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्य सहभागी छन् ।

प्रदेशसभा सदस्य पूर्णा जोशी, केन्द्रीय सदस्य हर्कबहादुर सिंह र जिल्ला अध्यक्ष मल्लले प्रशिक्षण दिइरहनु भएको छ । कानून व्यवसायी तथा अधिवक्ता शङ्करदीप मडैले समसामयिक राजनीतिक सन्दर्भ र चुनावी मुद्दा तथा निर्वाचन कानून र बुथ एजेन्टले निर्वाह गर्नुपर्ने भूमिकाका बारे प्रशिक्षण दिनुभएको थियो ।

यसैबीच निर्वाचनमा सक्रिय रुपमा लाग्न तथा आफ्ना उम्मेदवारलाई जिताउन नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता पनि सक्रिय भएका छन् । काँग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायर, पार्टी सभापति प्रदिवकुमार देउवालगायत नेता अहिले कार्यकर्ता भेटघाटदेखि चुनाबी प्रचारप्रसारमा व्यस्त छन् । काँग्रेसले उक्त वडाका विभिन्न गाउँमा घरदैलो अभियान, मतदाता भेटघाट लगायतका कार्यक्रम गरिरहेको विद्यार्थी नेता लक्ष्मण देउवाले बताउनुभयो । गतवर्ष सो वडाका वडाध्यक्ष प्रेमबहादुर बोहराको जीप दुर्घटनामा परी निधन भएको थियो । उक्त पदका लागि नेकपाबाट रामबहादुर बोहरा, काँग्रेसबाट महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशिराम ओझा र स्वतन्त्रबाट भूमिसिंह खड्काले उम्मेदवारी दिनुभएको छ ।

Skip This
Skip This
Logo