ललितपुर,
बैकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई मंगलबार प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उच्च अदालत पाटनको ०७६ असार ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा तीन लाख ५० हजार जरिवाना र १० दिन कैद सजाय तोकिएका महर्जन फरार थिए । पक्राउपछि महर्जनलाई कैद तथा जरिवाना असुलीका लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।































प्रतिक्रिया