काभ्रे,
जिल्लाको मण्डनदेउपूर नगरपालिकामा आज एकै दिन दुईवटा टिपर दुर्घटना भएका छन् । कुन्तावेसीस्थित नर्सरीमा आज विहान टिपरको ठक्करले पैदल यात्री घाइते भएका छन् ।
बा ४ ख ४९१८ नं को टिपरको ठक्करबाट घाइते हुनेमा मण्डन देउपुर नगरपालिका ८ जुडिगाउँका रत्न बहादुर राई रहेका र उनको धुलिखेल अस्पतालमा उपचार हुँदै गरेको छ । यस्तै साँझ कुन्तावेसी चोकमा टिपरले नै मोटर साइकललाई ठक्कर दिएको छ ।

बा २ क ७०५६ नं. को टिपरले बा ३२ प ९८५६ नं. को मोटरसाइकललाई ठक्कर दिएको छ । घटनामा मोटर साइकलचालक घाइते भएको कुन्तावेसीबाट स्थानिय पुरुषोत्तम श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्ला दिनहरुमा यसभेगमा टिपर आतंक नै फैलिएको छ । स्थानियवासी त्रासमा छन् । पैदलयात्री तथा साना सवारी चालकहरु टिपरको निशानामा पर्ने गरेको पाइए पनि उनीहरुलाई स्थानिय प्रशासनले कुनै कारबाही गरेको पाइएको छैन ।
तस्वीरहरु : पुरुषोत्तम श्रेष्ठ
र यो पनि
https://kendrabindu-wp.10orbits.com/post/116639#.Xdvz61UzbIU































प्रतिक्रिया