काभ्रेमा ९ लाख रुपैयाँ नगद सहित २२ जुवाडे पक्राउ

काभ्रेमा ९ लाख रुपैयाँ नगद सहित २२ जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

काभ्रे,

जिल्ला प्रहरी कार्यालय काभ्रेले जुवा खेलिरहेका २२ जनालाई गए राती पक्राउ गरेको छ । एसपी जयराज सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलिले जुवा खेलिरहेका २२ जनालाई नियन्त्रणमा लिई ९ लाख रुपैयाँ नगद समेत बरामद गरेको हो ।

जिल्लामा प्रहरीले एकै पटक यति धेरै संख्यामा जुवाडे पक्राउ गरेको यो पहिलो पटक हो । धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित महेश रानाभाटको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

Skip This
Skip This
Logo