एसीसी इमर्जिङ एसिया कपको उपाधि पाकिस्तानले हात पारेको छ । फाइनलमा बंगलादेशलाई ७७ रनले हराउँदै पाकिस्तानले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय एक रन बनाएको थियो । उसका लागि रोहेल नाजिरले शतकीय पारी खेले । जसमा उनले एक सय १३ रन बनाए । यस्तै इमरान राफिकले ६२ तथा कप्तान साउद साखिलले ४२ रन थपे भने कुशादिल शाहले २७ रनको योगदान गरे ।
बलिङमा बंगलादेशका सुमोन खानले तीन तथा हसन महमुदले दुई विकेट लिए ।
जवाफमा बंगलादेश ४३ ओभर एक बलमा २२४ रनमा अलआउट भयो । उसको पारीमा बलियो साझेदारी नहुँदा टिम पराजित भयो ।
बंगलादेशका कप्तान नाज्मुल सान्टोले ४६ रन बनाए भने अफिफ हुसेनले ४९ रनको योगदान गरे । बाँकी खेलाडीले राम्रो खेल्न सकेनन् ।































प्रतिक्रिया