१३ औं साग : पुरुष फुटबलमा नेपाल र भारत फरक फरक समूहमा

१३ औं साग : पुरुष फुटबलमा नेपाल र भारत फरक फरक समूहमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

यसै महिना सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल र भारत फरक समूहमा परेका छन् । नेपाल प्रतियोगिताको साबिक विजेता र भारत उपविजेता टोली हुन् । तीन वर्ष अघि भारतमा सम्पन्न १२ औं सागको फाइनलमा नेपालले भारतीय टोलीलाई २, १ गोलले हराउँदै फुटबलको उपाधि चुमेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार १३ औं सागका लागि फुटबलको खेल तालिका सार्वजनिक गरेको हो । घोषित खेलतालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको छ। उक्त समूहमा नेपालसँगै बंगलादेश र भुटान परेका छन् ।

यसैगरी समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स परेका छन्। नेपालले आफ्नो पहिलो खेल मंसिर १५ गते बंगलादेशसँग खेल्नेछ। नेपालले समूहगत चरणको दोस्रो खेल मंसिर १९ गते भुटानसँग खेल्नेछ। समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा आउने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन्।

पुरुष फुटबलको फाइनल खेल मंसिर २४ गते हुनेछ। यसपटक पुरुष फुटबलमा पाकिस्तानले भने भाग लिएको छैन। पुरुष फुटबलको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइनेछ।

Skip This
Skip This
Logo