सिरियामा अस्पतालको छेउमै आक्रमण, २२ जना मारिए

सिरियामा अस्पतालको छेउमै आक्रमण, २२ जना मारिए

केन्द्रबिन्दु
0
Shares

सिरिया,

सिरियाली उत्तरपूर्वी क्षेत्रमा रुसी समर्थक सरकारको हवाइ हमलाको क्रममा कम्तिमा २२ जना नागरिक मारिएका छन् ।

सिरियाली नागरिक रक्षा समूहका प्रवक्ता अह्मद यार्जीका अनुसार मृत्यु हुनेमा १० जना बालबालिका र तीन महिला थिए । सिरियन अमेरिकन मेडिकल सोसाइटीले जारी गरेको विज्ञप्तिमा यहाँको प्रसुतिगृहबाट २५ मिटर टाढा दुई मिसाइल विस्फोट भएको जनाइएको छ ।

उक्त अस्पतालका चारजना कर्मचारी घाइते समेत भएका छन् । इड्लीब प्रान्त स्वास्थ्योपचारका लागि पनि दुर्गम मानिन्छ । अस्पतालछेउमा गरिएको यो आक्रमण यही वर्ष सिरियाको उत्तरपूर्वी क्षेत्रमा गरिएको ६५ औं आक्रमण हो ।
एजेन्सी

Logo