तरकारी बजारमा ‘क्यूआर कोड’ भुक्तानी सेवा सुचारु गर्न गर्भनर अधिकारीको निर्देशन

तरकारी बजारमा ‘क्यूआर कोड’ भुक्तानी सेवा सुचारु गर्न गर्भनर अधिकारीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंक तथा वित्त संस्थाहरुले हरेक शाखा नजिकका तरकारी बजारहरुमा ‘क्यूआर कोड’ भुक्तानी सेवा सुचारु गर्न निर्देशन दिएका छन् ।

मंगलबार नेपाल बैंकर्स संघको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले हरेक बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुको लागि भए पनि ‘क्यूआर कोड’ भुक्तानी सेवा सुचारु गर्नु पर्ने बताएका हुन् ।

केही दिन अगाडि काठमाडौंको नक्साल तरकारी बजारमा ‘राष्ट्र बैंकको नेतृत्वमा क्यूआर कोड भुक्तानी शुरु गरिएको छ’ अधिकारीले भने, ‘सबै बैंक तथा वित्तिय शाखाले आफ्ना ठाउँमा नजिकका तरकारी बजारहरुमा क्यूआर कोड शुरु गर्न आह्वान गर्छु ।’

विभिन्न रोगहरुको संक्रमणबाट क्यूआर कोड भुक्तानी सुरक्षित रहने हुँदा आगामी एक वर्ष भित्र मुलुकभर क्यूआर कोड संचालनमा ल्याएर तरकारी खरिद गर्न जाँदा रकम बोक्नु नपर्ने स्थिती बनाउने उनले बताएका छन् ।

साना पसलहरुमा पहिलो प्राथमिकतामा राखेर शुरु गर्दा अन्य ठूला पसलहरुले स्वतः शुरु गर्ने हुँदा तरकारी पसलबाट क्यूआर कोड भुक्तानी सेवा संचालन गर्न शुरु गरिएको उनको भनाइ छ ।

त्यस्तै, विद्युतिय भुक्तानीको लागि पूर्वाधारहरु बनिसकेका र यसमा केन्द्रिय बैंक, बैंकर्स एशोशियन लगायतका संस्थाहररूको पनि योगदान रहेको उनले बताए । यी बनेका पूर्वाधारहरुको सदुपयोग गरेर आधुनिक विद्युतिय भुक्तानी प्रणालीमा ध्यान दिन उनले आग्रह गरेका छन् ।

Skip This
Skip This
Logo